काठमाडौं । इ–कमर्स कम्पनी अनलाईन साथी डट कम र के पढ्नेको सहकार्यमा एसईई पास विद्यार्थीहरुलाई लक्षित गरी ‘अनलाईन शिक्षा सहयात्री योजना’ ल्याइएको छ ।
एसईई पास भएका विद्यार्थीहरुलाई अनलाईन शिक्षा लिनको लागि सहयोग पुर्याउने उद्येश्यले ल्यापटप, मोबाइल , क्यास भौचर तथा अन्य शैक्षिक सामाग्रीहरु प्रदान गर्न उक्त योजना ल्याइएको हो ।
हरेक बर्ष दुई पटक सञ्चालन गरिने यो योजना यसपटक भने एसईई पास विद्यार्थीहरुमा केन्द्रित रहने जानकारी कम्पनीले गराएको छ ।
उक्त योजनामा यस पटकको एसईईमा पास हुने नेपाल भरिका सम्पूर्ण विधार्थीहरु सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।