arrow

जुम्लाका सिडियोलाई कोरोना संक्रमण

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
covid-test-positive-corona.jpg

जुम्ला । जुम्लाका प्रमुख जिल्ला अधिकारी (सिडियो) भूपेन्द्र थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । 

बिहिबार बिहान परीक्षणका लागि स्वाब दिनुभएका उनको साँझ ६ बजे कोरोनाको रिपोर्ट पोजेटिभ आएको हो । उनले भने, “जनताको जीवनको सुरक्षा गर्ने सिलसिलामा काँधमा आएको जिम्मेवारी पूरा गर्न र जिल्लाभित्रका विभिन्न स्थानीय तहले निर्माण गरेका आइसोलेशन अनुमगन गर्दा कोरोना पुष्टि भयो । ”

प्रजिअलाई अहिलेसम्म कोरोना संक्रमणको कुनै लक्षण नदेखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला निर्देशक मंगल रावले बताए ।

स्रोतका अनुसार संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेशनमा बसेका छन्।
 



लोकप्रिय समाचार
नयाँ