arrow

संक्रमणः प्रदेश १ मा ९५ थप, २ मा कुल ११ हजार, गण्डकीमा नाघे दुई हजार

logo
प्रकाशित २०७७ भदौ १८ बिहिबार
corona-test-kit.jpg

विराटनगर । प्रदेश नं १ मा  पछिल्लो २४ घण्टाका अवधिमा ९५ जना कोरोनाबाट संक्रमित भएका छन् । तिनमा ३०  महिला र ६५  पुरुष छन् । संक्रमितमा  मोरङमा ४४, सुनसरीमा २८, झापामा १२, संखुवासभामा छ, धनकुटा र तेह्रथुममा दुईदुई  तथा प्रदेश बाहिरका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा पछिल्लो २४ घण्टामा  ३३ जना कोरोनाबाट संक्रमित भएका छन् । तीमध्ये १३ महिला र २० पुरुष छन् । मोरङको सुन्दरहरैंचामा तीन पुरुष, लेटाङमा दुई महिला र एक पुरुष, कटहरीमा दुई पुरुष, ग्रामथान र पथरीशनिश्चरेमा एक पुरुष र बूढीगङ्गामा एक महिलामा संक्रमण देखिएको हो । 

यस्तै सुनसरीको धरानमा चार महिला र  १७ पुरुष, इटहरीमा एक महिला र दुई पुरुष, बर्जु, भोक्राहा नरसिंह र स्थानीय तह नखुलेका एकएक पुरुष र देवानगञ्जमा एक महिला, झापाको कमल गाउँपालिकामा दुई महिला र चार पुरुष, बिर्तामोडमा चार महिला र एक पुरुष, अर्जुनधारामा एक पुरुष, संखुवासभाको खाँदबारीमा पाँच पुरुष र मादीमा एक पुरुष, धनकुटाको शहीदभूमिमा एक पुरुष, धनकुटा नगरपालिकामा एक महिला, तेह्रथुमको म्याङ्लुङमा एक महिला र एक  पुरुष तथा प्रदेश बाहिरका एक पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।

 प्रदेश नं १ मा हालसम्म कोरोना संक्रमितको सङ्ख्या तीन हजार ६८० पुगेको छ । हालसम्ममा प्रदेशमा एक हजार ७४७ जना कोरोनाबाट मुक्त भएर घर फर्किसकेका छन् । पछिल्लो २४ घण्टाका अवधिमा एक हजार ७९० जनाको पिसिआर परीक्षण भई कुल ९३ हजार २९८ जनाको परीक्षण भइसकेको मन्त्रालयले जनाएको छ ।

जनजीवन सहज बनाउन सुझाव
 बन्दाबन्दी र निषेधाज्ञाले कोरोना रोकथाम एवं नियन्त्रण हुन नसक्ने सञ्चारकर्मीले सुझाव दिएका छन् । प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा आज यहाँ आयोजित छलफलमा सञ्चारकर्मीले जनजीवनलाई सहज एवं सरल बनाउन कोरोना भाइरसका बारेमा नागरिकलाई सचेत र सजग बनाउनु नै उत्तम उपाय हो भन्दै उद्योग, व्यापार, व्यवसाय बन्द गरेर कोरोनाको रोकथाम एवं नियन्त्रण गर्न नसकिने बताए ।

सो अवसरमा आन्तरिक मामिलामन्त्री हिक्मतकुमार कार्कीले  नागरिकले सरकारी सेवा पाउनबाट बञ्चित हुन नहुने बताउँदै बन्दाबन्दी र निषेधाज्ञाका विकल्पका बारेमा सुझाव दिन आग्रह गर्नुभयो ।  उनले तत्काल सरकारी वा निजी विद्यालयहरु सञ्चालन नहुने जनाउँदै जनजीवन सहज एवं सरल बनाउन सरकारले आवश्यक योजना बनाउने जानकारी दिए ।

आन्तरिक मामिला मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले सञ्चारकर्मीलाई सार्वजनिक खरीद ऐनअनुसार नै विज्ञापन दिइएको जानकारी दिए ।
जनकपुर –प्रदेश नं २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु हुनाका साथै २५२ जना नयाँ संक्रमित थपिएका छन्  । सो अवधिमा सप्तरी जिल्लामा एक जनाको मृत्यु भएको छ । यससमेत गरी प्रदेशमा अहिलेसम्ममा ९६ जनाको मृत्यु भइसकेको छ । 

 सोही अवधिमा धनुषाबाट ६३ , महोत्तरीबाट १९, सर्लाहीबाट ३०, रौतहटबाट ४६, बाराबाट २५ र पर्साबाट ६९ गरी २५२  नयाँ संक्रमित थपिएको समाजिक विकास मन्त्रालयले जनाएको छ ।  प्रदेशमा अब संक्रमितको सङ्ख्या १० हजार ८०८ पुगेको छ । तीमध्ये आज  १८३ जना उपचार गराई  निको भएर घर फर्केका छन् ।  उपचार गराइ निको भएर घर फर्केनेको सङ्ख्या पाँच हजार २५४ पुगेको छ ।

 प्रदेशमा १९६  क्वारेन्टिन  रहेकामा  घटेर १७७ कायम भएको छ । सो क्वारेन्टिनमा ५५५ जना बसेका छन् ।  होम क्वारेन्टिनमा एक  हजार ६६२ , आइसोलेशनमा एक हजार २५  र होम आइसोलेशनमा चार हजार ४३३ जना रहेको सो मन्त्रालयले जनाएको छ ।

गण्डकी– पोखरा महानगरपालिकाका १० वटा वडामा आज अपराह्न थप २९  जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले आज अपराह्न तेस्रो विज्ञप्तिमार्फत कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको परीक्षणका क्रममा  महानगरका २९  जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।

पोखरा महानगरका १, ५, ८, १०, १२, १३, १४, १६, २७ र ३० नं वडाका २१ देखि ५२ वर्ष उमेर समूहका  महिला तथा  पुरुषमा संक्रमण पुष्टि भएको हो ।  
त्यसै गरी तनहुँ, व्यास –१ र ४ का २९ वर्षीया दुई महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार ३०८ पुगेको छ ।



लोकप्रिय समाचार
नयाँ