काठमाडौं । भारतमा बिहीबार अहिलेसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन् । बिहीबार ८४ हजार १५६ जना संक्रमित थपिएका हुन् । यो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा बढी हो ।
यसअघि बुधबार त्यो दिनसम्मकै सबैभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका थिए । बुधबार ८२ हजार ८६० जना संक्रमित थपिएका हुन् । मंगलबार ७८ हजार १६९ जना संक्रमित थपिएका थिए । सोमबार ६८ हजार ७७० जनालाई कोरोना लागेको थियो । आइतबार सबैभन्दा बढी ७९ हजार ४५७ जनालाई संक्रमण भएको थियो । शुक्रबार ७६ हजार ६६५ र बिहीबार ७६ हजार ८२६ जना संक्रमित भेटिएका थिए ।
अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ३९ लाख ३३ हजार १२४ पुगेको छ । हाल ८ लाख २९ हजार ६८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
बिहीबार ६७ हजार ४९१ जनालाई निको भएको छ । बुधबार सबैभन्दा बढी ६७ हजार ८७४ जनालाई निको भएको थियो । मंगलबार ६२ हजार १४४ जनालाई निको भएको छ । सोमबार ६४ हजार ४३५ जनालाई निको भएको थियो । हालसम्म २९ लाख ६७ हजार ३९८ जनालाई निको भइसकेको छ ।
बिहीबार १ हजार ८३ जनाको ज्यान गएको छ । बुधबार १ हजार २६ जनाको ज्यान गएको थियो । मंगलबार १०२७ जनाको ज्यान गएको थियो । सोमबार ८१८ जना, आइतबार ९६० जना, शनिबार ९४३ जनाको ज्यान गएको थियो ।
अहिलेसम्म भारतमा ज्यान जानेको संख्या ६८ हजार ५६९ पुगेको छ ।
सबैभन्दा बढी प्रभावित महाराष्ट्रमा संक्रमितको संख्या ८ लाख ४३ हजार ८४४ पुगेको छ । बिहीबार मात्रै त्यहाँ १८ हजार १०५ जना संक्रमित भएका छन् । २५ हजार ५८६ जनाको ज्यान गएको छ ।