arrow

सुकुटी लिएर आए प्रमोद खरेल 

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
pramod-kharel-sukuti.jpg

झापा । गायक प्रमोद खरेलले ‘सुकुटी’ बजारमा ल्याएका छन् । लकडाउनको समयमा प्रमोदले सृष्टि हिङमाङसंग मिलेर सुकुटी गाएका हुन् । 

उक्त ‘सुकुटी’को भिडियो सार्वजनिक भएको छ । बिहीबार सार्वजनिक भएको भिडियोमा सारा सिरपाली, सुमन बस्नेत र वसन्त अधिकारी फिचर्ड छन् । 

चितवनको मेघौलीमा छायांकन गरिएको भिडियोमा सारालाई थारु भेषभुषामा देखाइएको छ ।

गीतमा कृष्ण उदाशीको शब्द, गौरव दर्पणको संगीत, नोर्बु शेर्पाको एरेन्ज र सुमन खड्काको मिक्सिङ र मास्टरिङ छ ।

भिडियोमा रेनिश फागोको रंग, आरजु बैजुको कोरियोग्राफी, संकल भुजेलको छायांकन, बनिष शाहको सम्पादन र शिशिर खातीको निर्देशन छ । भिडियोको निर्माता सुवास बस्नेत हुन् । भिडियो ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको हो ।

कोभिड–१९ को महामारीले देश लकडाउनमा पर्दा यसको प्रत्यक्ष प्रभाव सांगीतिक क्षेत्रमा पनि परिरहेको छ ।   

दिनहुँजसो दर्जनौं भिडियो छायांकनमा व्यस्त हुने कलाकारहरु, रेकर्डिङमा व्यस्त हुने गायिक(गायिका, संगीतकारहरु यतिबेला घरमा खुम्चिएका छन् । 

तर निर्माण सम्पन्न भइसकेका भिडियोहरु भने रिलिजको क्रममा छन् । सुकुटी गीत पनि पहिला नै शुटिङ सकिएर सार्वजानिक हुने तयारीमा रहेको बेला लकडाउन भएर रोकिएकाले सार्वजनिक गर्न ढिलो भएको कुरा गीतका रचनाकार कृष्ण उदाशीले बताए ।



लोकप्रिय समाचार
नयाँ