arrow

बुटवलको कोरोना अस्पतालमा १० को मृत्यु, बुटवल ८ का ७८ वर्षीय पुरुष रहेनन् 

logo
नारायण वली, 
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
corona-killed.jpg

रुपन्देही । बुटवलको कोरोना विशेष अस्पतालमा थप एक जनाको मृत्यु भएको छ । बुटवल उप–महानगरपालिका वडा नं ८ का ७८ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको हो ।

भदौ ४ गते अस्पताल भर्ना भएका उनको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा ९ दिनदेखि भेन्टिलेटरको सहायतामा आइसीयू सघन कक्षमा राखेर उपचार भइरहेको अवस्थामा मृत्यु भएको लुम्विनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जनाएका छन् । 

अस्पतालका अनुसार मृतक संक्रमित पुरुषमा मधुमेह र उच्च रक्तचापको समस्या रहेको थियो । उनलाई अस्पतालले रेम्डेसेभिरसंगै दुई पटक प्लाज्मा थेरापीसमेत दिएको बताएको छ । 

बिहीबार मात्रै अस्पतालले उनलाई सुधार आएको भन्दै रेम्डेसेभिर औषधि थप ल्याउन भन्दै परिवारलाई दवाव दिएको थियो । 

हालसम्म बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा कोरोनाका कारण ज्यान जानेको संख्या १० जना पुगेको छ । लुम्विनी प्रादेशिक अस्पतालको फिबर क्लिनिकको आइसोलेसनमा २ जनाको मृत्यु भइसकेको छ ।



लोकप्रिय समाचार
नयाँ