arrow

दाउरा टिप्न गएका तीनमध्ये भरतको शव घाटमा भेटियो

logo
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
dead2.jpg

राजापुर । बर्दियाको कर्णाली नदीमा दाउरा टिप्न जाँदा बेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ ।

गेरूवा गाउँपालिका –४ स्थित कर्णाली नदीमा बिहीबार दाउरा टिप्न गएका एक महिला र दुईमध्ये १४ वर्षीय भरत कडायतको शव शुक्रबार गेरुवा गाउँपालिकाको मनाउघाटमा फेला परेको इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी निरीक्षक नवराज केसीले बताए ।

चालीस वर्षीय बलबहादुर रोकाय र १४ वर्षीया पवी रोकाय भने अझै बेपत्ता रहेको र  खोजी  जारी रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ