नेपालगन्ज । बाँकेमा शुक्रबार ३७ जना कोरोना संक्रमित थपिएका छन् ।
नेपालगन्ज उपमहानगरपालिकाका २१ जना, डुडुवा गाउँपालिकाका ५ जना, राष्ट्रिय बाणिज्य बैंकका ५ जना, जिल्ला प्रहरी कार्यालय बाँकेका ४ जना र कोहलपुर नगरपालिकाकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या १ हजार १ सय ७६ पुगेको छ । हालसम्म ८ सय ३ जना निको हुँदा ६ जनाको भने मृत्यु भइसकेको छ ।
भेरीमै गरिएको परिक्षणमा बर्दियाका ६ जनामा पनि कोरोना पुष्टि भएको छ । ४ सय २१ स्वाब परिक्षण गर्दा ४३ जनामा कोरोना पुष्टि भएको हो ।