arrow

किसान रुवाउने प्रचण्डका घरबेटीलाई कारवाही होला?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
fertilizer-urea.jpg

काठमाडौं । मल समयमै आपूर्ति नगरेर किसानलाई रुवाउने ठेकेदार शारदा प्रसाद अधिकारीलाई सरकारले कारवाही गर्ने आश्वासन दिएको छ ।

मलको टेण्डर हत्याएर आपूर्ति नगर्ने ठेकेदार अधिकारी सत्तारुढ नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी हुन् । प्रचण्डकै शक्तिको आडमा ठेक्का हत्याउन सफल अधिकारीले तोकिएको समयसीमा नाघ्दा पनि मल आपूर्ति नगर्दा किसान मारमा परेका छन् ।

किसानले पैसा तिरेर समेत मल खरिद गर्न पाएका छैनन् ।

किसानले समयमै मल नपाउँदा उत्पादनमा ह्रास आउने आक्लनहरु हुन थालेका छन् ।

कोरोना कहरका कारण युवाहरु गाउँमै हुँदा र यस वर्ष मनसुनले पनि साथ दिएकाले  वर्षेबालीको उत्पादनमा बढ्ने आपेक्षा गरिएको थियो ।

तर, सरकारले समयमै मल उपलब्ध नगराउँदा उत्पादनमा ह्रास आउने अनुमानहरु हुन थालेका छन् ।

सरकारले ठेक्केदारले कोरोनाका कारण मल ल्याउन नसकिएको बताइरहेकाले कारवाहीका विषयमा टुंगो नलागेको बताएको छ ।

मलको आपूर्तिको जिम्मेवारी पाएको कृषि तथा पशुपञ्छि विकास मन्त्रालय अन्तरगतको कृषि सामाग्री कम्पनी लिमिटेडले मल आपूर्ति नगर्ने ठेकेदारहरुलाई कारवाही गरिने आश्वासन दिएको छ ।


कम्पनी प्रमुख नेत्र भण्डारीले कानुनी कारवाही हुने बताउँदै २० भदौसम्म मल आपूर्तिको समयको रहेको बताए । ‘मल आपूर्तिको समय २० गतेसम्म हो’ उनले भने, ‘त्यतिबेलासम्म केहीगरी ल्याइहालियो कि भन्ने पनि हुन्छ । त्यसैले यस विषयमा हामी अहिले नै केही भन्दैनौं ।’

२० गतेसम्म मल नल्याए त्यसपछि कानुनी प्रक्रिया रहेको भण्डारीको भनाई थियो ।



लोकप्रिय समाचार
नयाँ