arrow

सामान्य विवादमा हत्या, टाउको लिएर प्रशासन कार्यालय पुगेपछि...

logo
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
khukuri.jpg

धादिङ । नीलकण्ठ नगरपालिका वडा नं १३ खल्चेतमा गए राति एक जनाको  हत्या गरी अभियुक्त जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गर्न आएका छन् । 

स्थानीयवासी सोमबहादुर गुरुङसँग सामान्य विवाद हुँदा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अभियुक्त राजु परियारले जनाएका छन् । 

हत्यामा संलग्न अभियुक्त २६ वर्षीय  परियारले गुरुङको टाउको र हत्या गर्न प्रयोग गरिएको हतियारसहित जिप्रकामा आत्मसमर्पण गर्न आएको  प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए । 

हत्या आरोपितलाई कर्तव्य ज्यान मुद्दा चलाइने प्रहरीले जनाएको छ । शव धादिङ अस्पतालमा परीक्षणका  लागि राखिएको छ ।



लोकप्रिय समाचार
नयाँ