arrow

भुजीखोला बाढी : १४ मध्ये सात जनाको सनाखत

logo
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
bhujikhola.jpeg

बागलुङ । बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकास्थित भुजीखोलामा आएको बाढीमा परी फेला परेका १४ मध्ये सात जनाको पहिचान भएको छ । बाढीमा परेका अझै २४ जना  बेपत्ता छन् । 

बुधबार राति ढोरपाटनको देउराली छेउको पहाड खसेर खोला थुनिएर फुटेपछि भुजीखोलामा भीषण बाढी आएको थियो । बाढीमा बेपत्ता १४ जनाको शव फेला परेको छ । सो घटनामा  ७० घर पूर्ण क्षतिग्रस्त भएका छन् । 

 ढोरपाटन– ९ का २६ वर्षीया केशमाया विक, ४६ वर्षीय करबहादुर विक, २२ वर्षीय जीवन विक, ११ वर्षीया डल्ली विक, २१ वर्षीया डिलमाया पुन, ३५ वर्षीया रिनाकुमारी घर्ती र  ३२ वर्षीया करमती बुढाको सनाखत भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक  राजेन्द्र रेग्मीले जानकारी दिए।

अन्य सात शवको अझै सनाखत हुन सकेको छैन । शव क्षतविक्षतावस्थामा रहेका कारण पहिचानमा ढिलाइ भइरहेको प्रहरीको भनाइ छ ।  बाढीले ७० भन्दा बढी घरमा क्षति पु¥याएको छ । बाढीमा परेका चार जनाको घाइते अवस्थामा उद्धार गरिएको छ । तीमध्ये गम्भीरावस्थामा रहेका ढोरपाटन –९ का महेन्द्र पुनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचार भइरहेको छ ।

बाढीले ढोरपाटन–९ स्थित लाँकुरीबोट स्वास्थ्यचौकीको भवन, जनचेतना प्रावि, सरस्वती प्रावि, भुजीखोला लघुजलविद्युत् आयोजनाका पाँच शाखामध्ये चार भवन, सडक छेउमा पार्किङ गरेर राखिएको एक जीप र मोटरसाइकल बगाएको छ ।



लोकप्रिय समाचार
नयाँ