काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभरि १३ सय भन्दा बढी कोरोना संक्रमितका नयाँ विरामी फेला परेका छन् ।
स्वास्थ तथा जनसँख्या मन्त्रालयका अनुसार मुलुकभर पछिल्लो २४ घण्टामा १३ सय ५९ कोरोनाका नयाँ केस फेला परेका हुन् ।
मुलुकभर पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ३८ नमुना परिक्षण गरिएकोमा उक्त सँख्यामा कोरोना पुष्टि भएको स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।
उनका अनुसार ४६४ महिला र ८९५ पुरुष गरी कुल १३ सय ५९ नयाँ संक्रमित फेला परेका हुन् ।
योसँगै हालसम्म मुलुकभरि कुल संक्रमितको संख्या ४४ हजार २३६ पुगेको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।
हालसम्म नेपालमा कोरोना भाइरसका कारण २ सय ७१ ज्नाको मृत्यु भएको स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो २४ घण्टामा १३ सय ५४ जना विरामी निको भएको समेत स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी गराएको छ ।