arrow

कोरोनाका गम्भीर विरामीको सँख्या  १ सय ७७, कुन प्रदेशमा कति?

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ १९ शुक्रबार
corona-nepal-ministry.JPG

काठमाडौं । नेपालमा कोरोना भाइरसका गम्भीर विरामीको सँख्या १ सय ७७ रहेको छ ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयले शुक्रबार गराएको जानकारी अनुसार आइसीयु र भेन्टिलेटरमा उपचार भइरहेका विरामीको सँख्या १ सय ७७ रहेको हो ।

कुल १ सय ७७ गम्भीर विरामीमध्ये १ सय ५१ जना आइसीयुमा र २६ जना भेन्टिलेटरमा रहेको स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

प्रदेशगत रुपमा सबै भन्दा बढी आइसीयु र भेन्टिलेटरमा बागमति प्रदेशमा रहेको गौतमले बताए ।

उनका अनुसार बागमति प्रदेशमा ९० जना आइसीयु र १९ जना भेन्टिलेटरमा रहेका छन् ।

त्यस्तै प्रदेश १ मा ५ जना, प्रदेश २ मा २८ जना,  गण्डकीमा ५ जना, प्रदेशम ५ जना २० र कर्णाली प्रदेशमा ३ जना आइसीयुमा रहेका गौतमले बताए ।

त्यस्तै भेन्टिलेटरमा बागमतिमा १९ जना, प्रदेश १ मा ३ जना र प्रदेश ५ मा ४ जना भेन्टिलेटरमा रहेका गौतमले बताए । आइसीयु र भेन्टिलेटरमा राखेर उपचार गरिनु तुलनात्मक रुपमा गम्भीर विरामी हुन् ।



लोकप्रिय समाचार
नयाँ