काठमाडौ । कोरोना भाईरसले आक्रान्त पारेको बेला लकडाउनको असर चित्रण गर्ने छोटो फिल्म मेरो कथा सार्वजनिक भएको छ ।
विश्वलाई नै थला पारेको यस अवस्थामा नेपाललाई पनि नराम्रोसँग कोरोना भाईरसले असर परेको छ । यही अहिलेको परिस्थितिले गर्दा जनताले भोग्नु परेको पिडालाई चलचित्र निर्देशक सत्यराज चौलागाईंले छोटो चलचित्र 'मेरो कथा' मार्फत देखाउने प्रयास गरेको बताएका छन ।
'मेरो कथा' मा प्रकाश बराइली, यज्ञप्रसाद चौलागाईं, सबि बज्राचार्य र शर्मिला चौलागाईंको अभिनय छ । फिल्ममा शान्ति चौलागाईं कास्टिङ निर्देशक, प्रकाश बराइलीको सम्पादन, सबी बज्राचार्यको निर्माण छ । फिल्ममा एक परिवारले झेल्नु परेको अभाव तथा पीडालाई देखाइएको छ ।
'मेरो कथा'एक ब्यत्तिको मात्र कथा नभएर सम्पुर्ण नेपाली जनताहरुको प्रतिनिधि आवाज भएको निर्माणकर्ताको दावी छ । यस सर्ट फिल्मलाई एस. आर. सी फिल्म्सको अफीसीयल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।