काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिएका छन् ।
उनले शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई अर्थ र सूचना तथा प्रविधि मन्त्रीबाट राजिनामा बुझाएका हुन् ।
नेकपाले खतिवडाको स्थानमा राष्ट्रिय सभा सदस्यमा बामदेव गौतमलाई पठाउने निर्णय गरेसँगै खतिवडाले राजिनामा दिएका हुन् ।
यसअघि उनको सांसद पदको अवधि गत फागुनमै सकिएपनि उन मन्त्री रहेका थिए ।
सांसद नै नभएको व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने र त्यसपछि राष्ट्रपतिले राष्ट्रिय सभामा मनोनयन नरगेको अवस्थामा सांसद पद स्वतः समाप्त हुने व्यवस्था छ ।
सोही अनुसार नेकपा सरकारले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेसँगै खतिवडाले राजिनामा दिएका हुन् ।
उनले राजिनामा दिनुअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफुले संघीयता कार्यान्वयनको जग बसालेको र आगामी दिनमा आउने अर्थमन्त्रीलाई निरन्तरता दिनुपर्ने बताए ।
मन्त्री पदमा हुँदा व्यक्तिगत लाभ हुने कुनैपनि निर्णय नगरेको समेत खतिवडाले दावी गरे ।
उनले अर्थमन्त्रीकाे रूपमा साढे २ वर्ष भन्दा बढी र सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा करिब ७ महिना काम गर्ने अवसर पाएकाे बताए ।