arrow

सेनाले बनाउदै गरेको घोरेटो बाटोमा कामदारको मृत्यु

logo
प्रकाशित २०७७ भदौ २० शनिबार
ghatar-bato.PNG

दार्चुला । जिल्लाको व्याँस गाउँपालिका वडा नम्बर १ जोड्ने घोरेटो बाटो निर्माण गर्ने क्रममा एक जना कामदारको मृत्यु भएको छ । व्याँस गाउँपालिका वडा नम्बर २ को घाटीवगर क्षेत्रमा बाटो निर्माणका क्रममा माथिबाट खसेको ढुंगा लागेर व्याँस गाउँपालिका ५ धौलाकोटका ३७ वर्षीय दिवान सिंह धामीको मृत्यु भएको दुर्गादल गुल्म दार्चुलाका गुल्मपति विक्रम देव थापाले जानकारी दिए । 

शुक्रवार बेलुकी ५ बजेतिर घाटीबगर क्षेत्रमा बाटो निर्माणका क्रममा माथिबाट खसेको ढुङ्गा लागेर गम्भिर भएका धामीलाई सेनाको हेलिकप्टर मार्फत जिल्ला अस्पताल पु¥याइएको थियो । सात बजे जिल्ला अस्पताल पु¥याइएका धामीलाई अस्पतालले मृत घोषणा गरेको हो । 

धामीको थप उपचारका लागि अन्यत्र लैजान राती भएकाले नसकिएको गुल्मपति थापाले बताए । गत जेठ ९ गतेदेखि निर्माण कार्य थालेको नेपाली सेनाले अहिले ४ सय ७५ मिटरभन्दा बढी ट्र्याक खोली सकेकोे छ । भदौ महिना भित्रै ५ सय ५० मिटर घोरेटो बाटोको ट्र्याक खोलि सक्ने सेनाले लक्ष्य लिएको छ । 

घाटीबगर क्षेत्रमा कडा चट्टानी भाग रहेकाले निर्माण कार्यमा ढिलाइ भइरहेको नेपाली सेनाले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ