शनिबार बिहान महिला र गएराति पुरुषको संक्रमणबाट मृत्यु
प्रकाशित २०७७ भदौ २० शनिबार
18
Shares
बुटवल । बुटवलको कोरोना विशेष अस्पतालमा थप दुई कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका–२ का ३७ वर्षीया महिलाको शनिबार बिहान ६ बजे र बुटवल–११ का ४० वर्षीय पुरुषको गएराति ११ बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
नवलपरासीकी महिला भदौ १७ गते र बुटवलका पुरुष भदौ १५ गते अस्पतालमा भर्ना भएका थिए । ज्वरो र स्वासप्रस्वासको समस्या रहेका दुबैको भेन्टिलेटरको सहायतामा आइसीयूमा उपचार भइरहेको थियो ।