arrow

नदी दोहन गर्ने र स्थानीय कुट्ने सुन्दरबजार २ का वडाअध्यक्ष नबिन श्रेष्ठ मुद्धा दर्तासँगै फरार

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २० शनिबार
Nabinkumar-shrestha-sundarb.jpg

लमजुङ। लमजुङको सुन्दरबजार नगरपालिका वडा नं. २ का वडाअध्यक्ष नबिनकुमार श्रेष्ठ बिरुद्ध प्रहरीमा सार्बजनिक मुद्धा दायर भएको छ । अबैध रुपमा नदी दोहन नगर्न स्थानीयले आग्रह गर्दा उल्टै स्थानीयमाथी कुटपिटमा लागेका वडाअध्यक्ष श्रेष्ठ बिरुद्ध ईलाका प्रहरी कार्यालय भोटेवडारमा मुद्धा दायर भएको हो । 

सुन्दरबजारमा रहेको पाउँदी खोलामा अबैध रुपमा नदीदोहनमा सक्रिय रहेका श्रेष्ठले पद र शक्तिको आडमा सुन्दरबजार क्षेत्रमा दादागिरी देखाउँदै आएको अबस्थामा प्रहरीले उनलाई पक्राउ पुर्जी जारी गरेको हो । उनलाई सुन्दरबजार–५, खत्रीठाँटीका अनिल श्रेष्ठले सार्बजनिक मुद्धा दायर गरेका हुन् ।

‘प्रहरीमा आशमान तामाङ र नबीन श्रेष्ठको बिरुद्धमा उजुरी परेपछि मुद्धा दर्ता भएको छ, ईलाका प्रहरी कार्यालय भोटेवडारका प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले भने, ‘ आशमान तामाङलाई पक्राउ गरिसकेका छौं, वडाअध्यक्षको बिरुद्धमा पनि पक्राउ पुर्जी जारी गरी खोजी कार्य तिब्र बनाईएको छ ।”

नदीको दोहन नगर्न आग्रह गर्दा उल्टै स्थानीयमाथी आक्रमणमा उत्रिएपछि अहिले खत्रीठाँटीवासी वडाअध्यक्ष श्रेष्ठको दादागिरीको बिरुद्धमा उत्रिएका छन् । 

सुन्दरबजार नगरपालिका वडा नं. २,५,६ र ७ को सिमानामा पर्ने पाउँदी खोलामा वडाअध्यक्ष श्रेष्ठले मनलाग्दी रुपमा नदी दोहन गरेपनि सम्बन्धित निकाय मौन रहँदै आएको छ । नेकपाका नेताहरुको आडमा नदी दोहनमा सक्रिय रहेका श्रेष्ठलाई कारवाही गर्न प्रशासनले समेत सक्रियता देखाएको छैन । 

नेकपामा प्रबेश गरेको छोटो समयमानै शक्तिको आडमा दादागिरी देखाएका वडाअध्यक्ष श्रेष्ठले यसअघि पनि नदीको दोहनकै बिषयमा भनाभन हुँदा सुन्दरबजार–५, तार्कुका वडाअध्यक्ष ललित गुरुङमाथी पनि कुटपिट गरेका थिए । त्यस्तै ढुंगा, गिटी, बालुवा र औषधीको ठेक्कामा मिलेमतो गर्न नमान्दा सुन्दरबजार नगरपालिकाका तत्कालिन लेखापाल श्याम पराजुलीलाई पनि उनले कार्यकक्षमै कुटपिट गरेका थिए । 



लोकप्रिय समाचार
नयाँ