काठमाडौं । शनिबार भारतमा डिजेलको मूल्य घटेको छ ।
भारतीय सञ्चार माध्यमहरुका अनुसार शनिबार डिजेलको मूल्यमा प्रतिलिटर १३ पैसा (भारतीय रुपैयाँ)का दरले घटेको हो ।
पेट्रोलको मूल्यमा भने पछिल्लो ३ दिनमा कुनै उतार चढाव नआएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
डिजेलको मूल्यमा भने पछिल्लो ३ दिनमा दुई पटक गिरावट आएको छ ।
शनिबार भारतमा डिजेलको औषत खुद्रा मूल्य ७३ रुपैयाँ भारु रहेको छ ।
कोरोना भाइरसको महारमारीका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको माग घटेको छ ।
त्यसैकारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यम गिरावट आइरहेको छ ।
नेपालमा के होला?
भारतका पेट्रोल र डिजेलको मूल्य दिनदिनै समायोजन हुने गरेको छ ।
सोही अनुसार प्रत्येक दिन त्यहाँ इन्धनको मूल्यमा उतार चढाव हुने गरेको छ ।
तर, नेपालमा पनि भारतबाटै आयात गर्नुपर्ने भएकाले नेपालमा प्रत्येक १५ दिनमा आएको मूल्य सूची अनुसार इन्धनको मूल्य समायोजन हुने गरेको छ ।
सोही कारणले नेपालमा तत्काल घट्ने सम्भावना रहेको छैन ।
गत २ तारिखमा आएको मूल्य सूची अनुसार पेट्रोलको मूल्य केही बढेर आएको भन्दै निगमले पेट्रोलको मूल्य बढाउँदै अन्य इन्धनको मूलय यथावथ राखेको थियो ।
अब इन्धनको मूल्य घटबढका लागि आगामी १६ तारिखमा आउने मूल्यसूचीलाई पर्खुनुपर्ने हुन्छ ।