arrow

बागलुङ पहिरोमा हराएका २४ मध्ये एकको शव भेटियो

logo
रासस,
प्रकाशित २०७७ भदौ २० शनिबार
pahiro-baglung.jpg

बलेवा। गत बुधबार रातिको बाढी र पहिराले बागलुङको ढोरपाटन नगरपालिका–९ बोबाङमा हराइरहेका २४ मध्ये एकजना पुरुषको शव फेला परेको छ। प्रहरीले बेपत्ताको खोख्ने क्रममा आज भुजीखोला किनारमा एक पुरुषको शव फेला परेको हो।

बीभत्स शवको उमेर अन्दाज गर्नसमेत कठिन रहेको प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीले बताए। पहिरामा २३ जना अझै हराइरहेका छन्। हराएकामा १५ दिने शिशुदेखि वयोवृद्धसमेत छन्। मृत्यु भएका १४ मध्ये १३ जनाको शव सनाखत भएको छ। एक जनाको शव सनाखत हुन बाँकी छ। भुजीखोलामा फेला परेको शव बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउने तयारी भइरहेको छ। प्रहरीले हराएकाको खोजी जारी राखेको छ। आज पनि बिहानदेखि खोजी शुरु भएको छ।



लोकप्रिय समाचार
नयाँ