दश दिनको एकान्तवासपछि कोरोनामुक्त भएको दिए जानकारी
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २० शनिबार
628
Shares
काठमाडौं। चौधरी ग्रुपका अध्यक्ष तथा सांसद विनोद चौधरी १० दिनमा कोरोना मुक्त भएका छन्। कोरोना परिक्षणका क्रममा संक्रमण पुष्टि भएपछि उनी १० दिनदेखि एकान्तवासमा थिए ।
भदौ ११ गते गरिएको परिक्षणमा चौधरीलाई कोरोना पुष्टी भएको थियो। उनले पीसीआर टेस्टमा कोरोना पुष्टी भएको जानकारी भदौ १२ गते ट्वीट गरी जानकारी दिएका थिए। चिकित्सकको सल्लाह अनुसार आइसोलेसनमा रहेको चौधरीले १० दिनको एकान्तवासपछि आफू कोरोनाबाट मुक्त भएको जानकारी ट्वीटरबाटै दिएका हुन्।
उनले इष्टमित्र, साथीभाई र शुभेच्छुकहरुबाट प्राप्त माया र प्रेरणाले १० दिनसम्म एकान्तवासमा रहँदा ठुलो उर्जा प्राप्त भएको उल्लेख गर्दै सबैप्रति आभार प्रकट गरेका छन्।