arrow

विद्युत सेवा अवरुद्ध हुदा जिल्ला सदरमुकाम अन्धकार

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ भदौ २० शनिबार
mugu-headquarter.jpg

मुगु। मुगु जिल्ला सदरमुकाममा वितरित विधुत सेवा अवरुद्ध हुदा सदरमुकाम लगायत आसपासका क्षेत्र अन्धकार भएको छ । नेपाल विधुत प्राधिकरण अन्तर्गत गमगाढ वितरण केन्द्रको पावर हाउसमा रहेको मोटरमा समस्या आउँदा बुधबार रातीबाट विधुत सेवा अवरुद्ध भएको हो ।

विधुत सेवा अवरुद्ध हुदा छायाँनाथ रारा नगरपालिकाका १४ वडाहरु मध्ये विधुत सेवा पुगेका ११ वडामा रहेका २ हजार ८०४ ग्राहक अध्यारोमा बस्नु परेको छ भने दैनिक सरकारी,गैर सरकारी र वित्तिय संस्थाहरुमा कामकाज गर्न समस्या भएको छ ।

बुधबार राती ११ बजे  पावर हाउसमा रहेको मोटरमा समस्या आएर  बिद्युत उत्पादनमा अवरोध आएको थियो । मुगु जिल्लाका करिव १० हजार घरधुरीलाई लक्षित गरि स्थापना गरिएको गमगाढ साना जलबिद्युत आयोजना पटक पटक बिग्रीन थालेपछि स्थानिय बासिन्दाले सास्ती बेर्होदै आएका छन् ।

मासिक रुपमा करिव ३९ हजार ६ सय ७ युनिट बिजुली खपतबाट करिब ३ लाख ५० हजार रुपयाँ मासिक आम्दानी हुने गरेको गमगाड साना जलबिद्युत आयोजनाले जनाएको छ । कुल ४ सय किलोवाट बिद्युत उत्पादन क्षमता रहेको बिद्युत उत्पादन केन्द्रमा जडित चाईना कम्पनीका यी मोटरहरु ५/६ पटक रिपियरिङ्ग गरेर कामचलाउ गदै आएको भएपनि पटक पटक विभिन्न पाटपुर्जाहरुमा समस्या आउने गरेको छ।

प्राधिकरणले पुरानो प्रविधीको विधुत उत्पादन सिस्टमलाई विस्थापित गरि आधुनिक सिस्टमका मेसनिहरु जडान गरि विधुत उत्पादन गर्नुपर्ने गमगाड साना जलबिद्युत आयोजना मुगुका निमित्त कार्यालय प्रमुख रामबहादुर महतले बताए ।

यस अघि पनि साउन २३ गते नोजलमा समस्या आउदा मर्मत तथा नयाँ खरिदका लागी पहल भैरहेको थियो भने कामचलाउ गरेर त्यसयता विधुत उत्पादन हुदै आएको थियो । लामो समयसम्म आयोजना सम्पन्न नहुदा खिया लागेर अलपत्र रुपमा सुर्खेत,रारा विमानस्थल र बालैबगरमा रहेका विद्युत मेसिनहरु नै जडान गरेर गमगाढ साना जलविधुत आयोजनाले विधुत उत्पादन गरेकाले पटक पटक विधुत उत्पादनमा समस्या आउने गरेको हो।

समयमै विधुत गृहमा रहेका पुराना मेसिन तथा अन्य सामान परिवर्तन नगर्ने हो भने जुनसुकै बेला ति मेसिनहरुमा समस्या आई लामो समयसम्म जिल्ला सदरमुकाम र आसपासका क्षेत्र अन्धकारमै रहनुपर्ने अवस्था आउन सक्ने गमगाढ वितरण केन्द्रका कर्मचारीहरुले बताएका छन ।

विधुतगृहमा जडित मेसिनहरु पुरानो मोडलका भएका र अहिले बजारमा त्यो मोडलका सामानहरु पाउन मुूस्किल हुने गरेको छ । विधुतगृहमा सानो सानो समस्या आएपनि चाईनाको कम्पनीसंग सोध्नुपर्ने र त्यहीबाट सामान उठाउनुपर्ने अवस्थाले झन समस्या हुने गरेको गमगाढ वितरण केन्द्रले बताएको छ ।



लोकप्रिय समाचार
नयाँ