मकवानपुर। हेटौंडामा आयोजित एक कार्यक्रममा रिद्धि सिद्धि सिमेन्टले कोरोना संक्रमण भई हाल गौरीटार आईसोलेसन वार्डमा रहेका ६२ जना संक्रमितहरुको लागी फलफुल, रोग प्रतिरोधातमक शक्ति बढाउनका लागी सोहि अनुसारको खाद्य सामाग्री र संक्रमित भई आईसोलेसनमा रहदा पनि निरन्तर घर परिवारसंग सम्पर्क बनाई राख्नका निमित्त नेपाल टेलिकमको रु २ सय बराबरको रिर्चाजकार्ड र एक थान तातो पानी खाने कप लगाएत बिभिन्न सामाग्री बितरण गरेको छ।
कार्यक्रममा बोल्दै रिद्धि सिद्धि सिमेन्टका क्षेत्रिय बिक्रि प्रबन्धक बिक्रम खतिवडाले उद्योगले स्थानिय समुदायको दुख सुखको सारथि बन्न कम्पनी सदैब तैयार रहुने बताए ।
त्यस्तै कार्यक्रममा हेटौंडा उपमहानगरपलिकाका प्रमुख हरि बहादुर महतले संक्रमितहरुको हौसला बढाउदै सचेत रहि स्वस्थ खानपिन एवं नियमित ब्यायाम गर्ने हो भने कोरोना मात्रै नभई भबिष्यमा समेत सजिलै कुनै रोगको शिकार हुनुनपर्ने बताए।
कार्यक्रममा मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालको समेत उपस्थिति थियो । कार्यक्रममा बोल्दै उनले सकारात्मक सोचको बिकास गर्दै सुरक्षित रहि उद्योग धन्दा ब्यापार ब्यबसाय सुचारु गर्नुपर्ने बताए ।
बिभिन्न समयमा उद्योगले गरेका सामाजिककार्यको चर्चा गर्दै हेटौंडा अस्पताल बिकाश समितिका अध्यक्ष प्रकाश पौडेलले उद्योगिहरुले देखाएको सदासयताले समाजमा सकारात्मक प्रभाब पर्ने बताए ।
कार्यक्रममा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधब न्यौपाने, उपाध्यक्ष राम प्रसाद न्यौपाने, वडा नंम्बर ६ अध्यक्ष अर्जून चौलागाई, कर्रा आईसोलेसान वार्डका ईन्चार्ज भोला चौलागाई, गौरीटार आईसोलेसान वार्डका ईन्चार्ज डा. सागर काफ्ले लगाएतको उपस्थिति थियो ।
हेटौंडाको रातोमाटेमा अबस्थित रिद्धि सिद्धि सिमेन्टले आफ्नो उत्पादनको दोश्रो बर्षमा प्रबेश गरेसंगै हाल देशका बिभिन्न स्थानमा रहेका सिमेन्ट उद्योगहरुका लागी क्लिङकर समेत बिक्रि गर्दै आईरहेको छ । हाल उद्योगको उत्पादन देशका बिभिन्न ठुला परियोजनाहरुमा समेत प्रयोग हुदै आईरहेको छ ।
प्रतिस्पर्धी सिमेन्टको बजारमा रिद्धि सिद्धि सिमेन्टले उच्च नबिनतम युरोपियन प्रबिधि र उच्च गुणस्तरिय चुनढुंगा खानीको कारणले गर्दा ग्राहाकको रोजाईमा पर्न सफल भएको छ ।