काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण डरलाग्दो अवस्थामा पुगेको छ । अहिलेसम्म एकै दिन विश्वकै सबै राष्ट्रहरुको भन्दा बढी संक्रमित शनिबार देखिएका छन् ।
शनिबार ९० हजार ६०० जना संक्रमित थपिएका हुन् । गत डिसेम्बरको अन्तिमदेखि चीनको वुहानबाट देखिाएको कोरोना एकै दिन अहिलेसम्मकै सबैभन्दा बढी एकै देशमा देखिएको हो ।
यसअघि शुक्रबार सबैभन्दा बढी भारतमै ८७ हजार ११५ जना संक्रमित देखिएका थिए । भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ४१ लाख १० हजार ८३९ पुगेका छन् ।
हाल ८ लाख ६१ हजार ८६६ जना संक्रमित भारतमा रहेका छन् । भारतमा निको हुनेको दर भने राम्रो रहेको छ । शनिबार रेकर्ड ७३ हजार १६१ जना संक्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ३१ लाख ७७ हजार ६७१ जना कोरोनामुक्त भएका छन् ।
शनिबार १ हजार ४४ जनाको ज्यान गएको छ । अहिलेसम्म ज्यान गुमाउने संक्रमितको संख्या ७० हजार ६७९ पुगेको छ ।
सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा शनिबार ९० हजार ३९७ वटा परीक्षण भएकामा २०ह जार ८०० संक्रमित थपिए । ३१२ जनाको ज्यान गयो । अहिलेसम्म त्यहाँ २६ हजार २७६ जनाको ज्यान गइसकेको छ ।
शनिबार सबैभन्दा बढी संक्रमित अमेरिकामा ४० हजार संक्रमित थपिएर कुल संक्रमितको संख्या ६४ लाख २९ हजार ८०५ पुगेको छ । मृतक ७०७ थपिएर १ लाख ९२ हजार ८१८ पुगेको छ । अमेरिकामा २५ लाख ३० हजार भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
दोस्रो स्थानको ब्रजिललाई आइतबार भारतले उछिन्ने लगभग निश्चित छ । ब्रजिलमा शनिबार ३१ हजार १९९ संक्रमित थपिएर कुल संक्रमित ४१ लाख १० हजार ८३९ पुगेका छन् ।
विश्वभर हाल २ करोड ७० लाख ५० हजारको हाराहारीमा संक्रमित छन् । ८ लाख ८३ हजारको ज्यान गएको छ । १ करोड ९१ लाख ५० हजारलाई निको भएको छ ।