पोखरा । पोखरामा आइतबार पनि २० जना कोरोना संक्रमित थपिएका छन् । बिहान ९ बजे दिइएको जानकारी अनुसार गण्डकी प्रदेशमा ६९ जना संक्रमित थपिएका छन् ।
गण्डकीमा यो संख्या आजसम्मकै उच्च हो । पोखरामा भेटिएका संक्रमितमध्ये दुई जना स्टाफ नर्स र लमजुङमा भेटिएका दुई जना बैंकका कर्मचारी हुन् ।
पोखरा महानगरपालिका वडा नं १० मा छ, वडा नं ४ मा एक, वडा नं २७ मा एक, वडा नं ७ मा दुई, वडा नं ८ मा पाँच, वडा नं २७ मा एक र वडा नं ३ मा दुई जना संक्रमित भेटिएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै, स्याङ्जाको पुतलीबजार नगरपालिकामा मात्रै २२ जना संक्रमित भेटिएका छन् । जसमा एक जना महिला र अन्य सबै पुरुष छन् । यसैगरी तनहूँका चा स्थानीय तहमा सात जना संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । यता, लमजुङ दुई, बाग्लुङमा तीन र नवलपरासी पूर्वमा १३ जना संक्रमित थपिएका छन् ।
सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैरहेको निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्माले जानकारी दिए । उनका अनुसार गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या २५ सय १६ जना पुगेका छन् ।
अहिलेसम्म गण्डकी प्रदेशमा १८ जनाको कोरोनाबाटै ज्यान गइसकेको छ ।