काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं हाम्रो घर आगनीमा बिस्तारै आउँदै छ । चाडबाड नजिकिए सँगै चाडपर्व लक्षित गीतहरू पनि बजारमा प्रस्तुत हुन थालेका छन् ।
नेपाली लोक दोहोरी क्षेत्रमा आफनो विशिष्ट पहिचान बनाएका कलाकार मध्ये एक विष्णु खत्रीले पनि दशैं गीत ल्याएका छन् ।
रिनै रिनको’ उनको यो नयाँ गीतमा गायक खत्री र गायिका पूर्णकला बिसीको आवाज छ । गीतको म्युजिक भिडियो कपिल लामाले निर्देशन गरेका छन् ।
यसमा मोडल सारिका केसी र ओवी रायमाझीको अभिनय छ । गीतमा पारिवारिक वेदना, प्राकृतिक विपति लगायतका विषयवस्तु समावेश गरिएको छ ।
हेर्नुस् भिडियो–