काठमाडौं
नेपाल आयल निगमको थानकोट डिपो नजिक पेट्रोल बोेकेको ट्याङ्कर दुर्घटनामा परेको छ ।
रक्सौलबाट थानकोट डिपोमा अनलोडका लागि ल्याइएको ट्याङ्कर आइतबार दिउँसो दुर्घटनामा परेको हो ।
नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले थानकोट डिपो नजिकै ट्याङ्कर दुर्घटनामा परेको जानकारी आएपनि विस्तृत विवरण आउन बाँकी रहेको बताए ।