डोटी । डोटीमा कोभिड-१९ को सङ्क्रमण बढेसँगै भदौ २८ गतेसम्मका लागि पुनः निषेधाज्ञाको अवधि थपिएको छ । आइतबार बसेको जिल्ला जिल्ला कोभिड-१९ व्यवस्थापन संकट ब्यवस्थापन केन्द्रको बैठकले एक हप्ता निषेधाज्ञा थप गर्ने निर्णय गरिएको हो । योभन्दा पहिले भदौ १४ देखि २१ गतेसम्मका लागि निषेधाज्ञा गरिएको थियो ।
जिल्लाभित्र कोरोना महामारीको संक्रमण बढ्दै गएपछि महामारी रोकथाम, नियन्त्रण र उपचारमा सहजताका लागि पुन: भदौ २१ गते राति १२ बजेदेखि जारी हुने गरी भदौ २८ गते राती १२:०० बजे सम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारि भिम प्रसाद भट्टराईले बताए ।
उनले भने,´निषेधाज्ञाका क्रममा अत्यावश्यकीय सेवा बाहेक अन्य सेवाहरु पूर्ण रुपमा बन्द हुन्छन।, निषेधाज्ञालाई सबैले पूर्ण रुपमा पालन गर्न र गराउन तर्फ सबैले ध्यान जान आवश्यक रहेको समेत भट्टराईले हाम्राकुरालाइ जानकारी दिए । जिल्लामा हुने सार्वजनिक मेला, पर्व, भेलालगायत सभासम्मेलनलाई पूर्णरुपमा निषेध गरिएको जनाएको छ ।
दैनिक उपभोग्यवस्तुहरु खाद्यान्न, मासु पसल, डेरी, तरकारी फलफुल पसलहरु विहान ६ बजे देखि १० बजे सम्म दैनिक ४ घण्टा मात्रै स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै भौतिक दुरी कायमगरी सञ्चालन हुने छन् ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले गरेको निर्णय उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग ऐन २०२० तथा प्रचलित कानूनअनुसार कारबाही गरिनेसमेत जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।