काठमाडौं । ३ सेप्टेम्बर १९७१ हैदराबादमा जन्मिएका बलिउड अभिनेता विवेक ओबेराय ४४ बर्ष पुगेका छन् । विवेकले आफ्नो करियरमा धेरै उतार चढावहरु देखेका छन्। विवेकको ऐश्वर्या राय सँग ब्रेकअप भएपछि सलमान खानले उनको करियरलाई अघि बढ्न नदिएको समाचार बाहिर आएको थियो । तर, सलमान खानले भने यसलाई स्वीकार गरेका छैनन् ।
समाचारका अनुसार सलमान र विवेकबीच विवाद भएसँगै निर्देशकले उनीबाट आफ्नो फिल्म खोसेका थिए । सन् २००४ मा विवेकको करियरमा केही रोकावट आएको थियो । उनले आफ्नो करियरमा विभिन्न छ भाषामा काम गरेका छन् । उनले अहिलेसम्म २० अवार्ड पनि पाइसकेका छन् ।
एकपटक विवेकले सलमान र ऐश्वर्याको सम्बन्धको वास्तविकता सञ्चारमाध्यममा सार्वजनिक गरिदिएका थिए । उनीहरुको सम्बन्धमा लामो समयदेखि चिसोपना आइरहेको थियो ।
सलमानसँगको ब्रेकअपपछि दुःखी बनेकी ऐश्वर्यालाई विवेकले साथ दिएका थिए । ऐश्वर्या र विवेकको अफेयर्सको चर्चा सलमानसम्म पुगेको थियो । यो कुरा थाहा पाएका सलमानले विवेकलाई फोन गरेका थिए । तर, विवेकले पत्रकार सम्मेलन गरेर सलमानको सबै कहानी खोलिदिएका थिए । उनले सलमान खानले ४१ पटक फोन गरेर धम्की दिएको उल्लेख गरेका थिए ।
यसै क्रममा विवेकले सलमानलाई खुला चुनौती पनि दिएका थिए । यो कुरा ऐश्वर्यालाई मन परेको थिएन र उनले यसो नगर्नुपर्ने थियो भन्दै विवेकलाई सम्झाएकी थिइन् ।
विवेकलाई सलमान खानको विरोध गर्दा ऐश्वर्याले उनको सपोर्ट गर्ने विश्वास लिएका थिए तर ऐश्वर्याले यस मामिलामा सलमानकै साथ दिइन् । जसको कारण अहिले उनी बलिउडमा सफल छिन् तर विवेकलाई भने करियर अघि बढाउन निकै संघर्ष गर्नुपर्यो ।
सलमान, ऐश्वर्या र विवेकको बीचमा भएको उक्त घटनाको सबैभन्दा ठूलो नोक्सानी विवेकलाई भयो । साथै, उनले सलमान र ऐश्वर्यासँगको दूरी पनि बढेको छ ।