arrow

प्रहरीमा ह्यात्तै बढ्यो संक्रमण, नाघ्यो दुई हजार

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
nepal-police.jpeg

काठमाडौँ । नेपाल प्रहरीका दुई हजार एक सयभन्दा बढीमा कोभिड–१९ देखिएको छ । गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकामा गत साउनपछि भने संक्रमण दर ह्यात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

 प्राप्त विवरणअनुसार प्रहरी प्रहरीमा दुई हजार १६१ मा संक्रमितमध्ये ९५० जना निको भएर कार्य क्षेत्रमा फर्किसकेको  प्रहरी प्रवक्ता  कुबेर कडायतले जानकारी दिP । काठमाडौँ उपत्यकाका तीन जिल्लामा सबैभन्दा बढी ६२४  संक्रमित भएका छन् । त्यसमध्ये ५५८ जना अझै उपचाररत छन् । प्रहरी प्रधान कार्यालयमा मात्रै ३८९ संक्रमित रहेको जनाइएको छ । त्यसमध्ये ३१८ जना उपचारपछि घर फर्किएको र ७१ को उपचार जारी छ । 

प्रहरी प्रधान कार्यालयका अनुसार प्रदेश १ मा ३४०, प्रदेश २ मा २५७, वाग्मती प्रदेशमा १००, गण्डकीमा १४३, प्रदेश ५ मा १९८, कर्णाली प्रदेशमा ७१ र सुदूरपश्चिम प्रदेशमा ३९ जनामा संक्रमण देखिएको छ । 

प्रहरी वरिष्ठ उपरीक्षक कडायतले संक्रमितमध्ये झण्डै आधा निको भएर काममा फर्किसकेको बताए । उनका अनुसार अहिले सबै उच्च मनोबलका साथ उपचार गराइरहेका छन् । सबैको अवस्था सामान्य रहेको कडायतको भनाइ छ । सशस्त्र प्रहरी र नेपाली सेनासमेतमा पछिल्लो समयमा कोभिड–१९ संक्रमण बढिरहेको छ । 



लोकप्रिय समाचार
नयाँ