arrow

क्रिकेटर एवं पुर्व कप्तान पारस एम.वि.एमा भर्ना

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
paras-khadka.jpg.jpeg

काठमाडौं। नेपाली पुरुष क्रिकेट टोलीका पुर्व कप्तान तथा स्टार खेलाडी पारस खड्काले एम.बी.ए (व्यवस्थापन-स्नातकोत्तर)को पढाई शुरु गरेका छन्। यहि सेप्टेम्बर २०२०२ सेसनदेखि उनले एमबीए पढाई शुरु गरेका हुन्।

नेपाली क्रिकेटका सफल खेलाडी एवं कप्तानले आफ्नो खेल जिवनको उत्तरार्धमा रहेको बेला एमबिए पढ्ने निधो गरेका हुन्। उनले नयाँ बानेश्वरमा रहेको फिनिक्स कलेज अफ मयानेजमेन्टमा एमबीए शुरु गरेका हुन्।

फिनिक्स कलेज अफ म्यानेजमेन्ट, थापागाउँ, नयाँ वानेश्वर, काठमाडौंले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा विख्यात क्रिकेट खेलाडी श्री पारस खड्कालाई आगामी दुई वर्षका लागि एम.बी.ए. कार्यक्रममा एम्बासडरको रुपमा नियुक्त गरेको छ ।



लोकप्रिय समाचार
नयाँ