arrow

९ सय ८० जना कोरोनाका नयाँ संक्रमित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ भदौ २१ आइतबार
corona-nepal-ministry.JPG

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाका नयाँ संक्रमित ९ सय ८० जना फेला परेका छन् ।

स्वास्थ तथा जनसँख्या मन्त्रालयले आइतबार गराएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ९० जना महिला र ६ सय ९० जना पुरुष गरी कोरोना संक्रमितको उक्त सँख्या फेला परेको हो ।

कोरोना संक्रमितको उक्त सँख्यासँगै नेपालका कुल संक्रमितको सँख्या ४६ हजार नाघेको छ ।

आइतबार कलु संक्रमितको सँख्या ४६ हजार २ सय ५७ पुगेको स्वास्थ तथा जनसँख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनीहरुमध्ये २८ हजार भन्दा बढी निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण ९ जनाको ज्यान गएको मन्त्रालयले जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सँख्या २ सय ८९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १० हजार ३ सय ८२ नमुना परिक्षण गरिएको छ । उक्त अवधिमा १ हजार ८ सय १४ जना निको अर्थात डिस्चार्ज भएका स्वास्थ तथा जनसँख्या मन्त्रालयले जानकारी दिएकाे छ ।



लोकप्रिय समाचार
नयाँ