arrow

कोरोना जितेर फर्किइन् उपसभामुख

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
corona-test.jpg

मकवानपुर । वाग्मती प्रदेशसभाका उपसभामुख राधिका तामाङ कोरोना संक्रमणमुक्त भएकी छन् ।

प्रदेशसभा सचिवालयका अनुसार उपसभामुख तामाङको केही हप्ताअघि पिसिआर परीक्षण गर्दा कोभिड–१९ संक्रमण पुष्टि भएको र हाल उनी संक्रमणमुक्त भएकी हुन् ।

हेटौंडास्थित सरकारी निवासमा आफू होम आइसोलेशनमा रहेको उपसभामुख तामाङले जानकारी दिइन् । 

आफ्नो दोस्रो पटकको पिसिआर रिपोर्ट नेगेटिभ आएको र अहिले आफू र आफ्नो छोरा संक्रमणमुक्त भएको उनले बताइन् ।



लोकप्रिय समाचार
नयाँ