arrow

खेल्न भनी घरबाट निस्केका एकै गाउँका चार बालबालिका हराए

logo
प्रकाशित २०७७ भदौ २१ आइतबार
missing.jpg

सोलुखुम्बु ।माप्य दूधकोशी गाउँपालिका वडा नम्बर २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझ ५बजेदेखि उनीहरु सम्पर्कविहीन छन् । 
    
स्थानीयवासी कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण र आठ वर्षीय सुदीप, सोही गाउँका आङछिरी राईका सात वर्षीय छोरा फ्रान्सीस र साढे दुई वर्षीया छोरी सिजल बेपत्ता छन् । 

साँझपख खेल्न भनी घरबाट निस्केका उनीहरु नफर्किएको बासाखाली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमारराज श्रेष्ठले जानकारी दिए । उनका अनुसार शनिबार साँझदेखि गाउँलेले खोजी  जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन । 

उनीहरुलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरी खबर गरिदिन परिवारले अनुरोध गरेको छ ।



लोकप्रिय समाचार
नयाँ