काठमाडौं । युएईमा हुने इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटको १३ औं संस्करणको खेल तालिका सार्वजनिक भएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आइतबार जारी गरेको खेलतालिका अनुसार सेप्टेम्बर १९ तारिखमा हुने उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्सले चेन्नई सुपर किङ्ससँग खेल्नेछ ।
नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले दोस्रो दिनको खेलमा किङ्स इलाभेन पन्जाबसँग खेल्नेछ ।
यसपटक संयोग कस्तो बनेको छ भने पहिलो पटक फाइनल खेल आइतबार नहुने भएको छ ।
अर्कातर्फ १३ सिजनमा चौथो पटक मुम्बई र चेन्नईबीच ओपनिङ खेल हुन लागेको हो । मुम्बईले ओपनिङ खेल्ने रेकर्ड पनि राखेको छ । सात पटक मुम्बईले ओपनिङ खेल्दैछ ।
अहिलेसम्मका तीन ओपनिङमा मुम्बईले २ तथा चेन्नईले १ खेल जितेको छ । १२ संस्करणसम्म मुम्बईले ४ तथा चेन्नईले ३ पटक उपाधि जितिसकेको छ ।
नोभेम्बर १० तारिखसम्म हुने आईपीएलको खेल तालिका यस्तो छ–