पाँचथर । क्वारेन्टिनमा बसेर पीसीआर रिपोर्ट नेगेटिभ आएका युवाको आइतबार बिहान जिल्ला अस्पतालमा मृत्यु भएको छ ।
उनी वैदेशिक रोजगारीबाट फर्किएर फिदिमस्थित पाँचथर क्याम्पसको क्वारेन्टिनमा बसेका थिए । क्वारेन्टिनमा बसेको हप्ता दिन पछाडि उनको स्वाव संकलन गरेर पठाइएको थियो ।
भदौ १८ गते उनको रिपोर्ट नेगेटिभ आएपछि उनलाई क्वारेन्टिनबाट विदा गरिएको स्वास्थ्यकर्मीले जानकारी दिए ।
तर लकडाउनका कारण होटल नपाएको र आफूसंग खर्चसमेत नभएकोले एक रातको लागि बस्न पाउँ भन्दै उनी जिल्ला अस्पताल पुगेका थिए ।
अस्पतालको आइसोलेसनमा १ रातको लागि बास बसेका उनले विहान श्वास प्रश्वासमा समस्या भएको बताए लगत्तै मृत्यु भएको जिल्ला अस्पताल पाँचथर श्रोतले बताएको छ ।
३१ बर्षिय ती ब्यक्ति मिक्लाजुङ ५ का स्थायी बासिन्दा रहेको बताइएको छ ।