काठमाडौं । भदौ २४ गते । महामानब वीपी कोइरालाको १०७ औं जन्म जयन्ती । नेपाली कांग्रेसका संस्थापक । नेपाली राजनीतिका पहिलो जननिर्वाचित प्रधानमन्त्री । कांग्रेसमात्र नभई नेपालमा प्रजातन्त्र ल्याउन अग्रणी भूमिका खेल्नुका साथै ‘मेलमिलापको नीति’ लिएर भारतबाट ज्यानको बाजी थापेर नेपाल आएका तत्कालीन निर्वासित नेता वीपीको सम्झना सबै राजनीतिककर्मीले गर्छन् ।
वीपीको मेलमिलापको नीतिको सन्दर्भ अन्य दलले पनि उठाउँछन् । उनै महामानवको जन्म जयन्ती नेपाली कांग्रेसले विभिन्न कार्यगरी मनाउँदै आएको छ ।
त्यस्तै कांग्रेसका भ्रातृ संगठनहरुले समेत पनि विभिन्न कार्यक्रम गरी वीपीका विचारलाई आत्मसात गर्दै आएका छन् ।
के गर्दैछ नेविसंघ ?
नेविसंघले सुरक्षित दूरी कायम गरी, स्वास्थ्य सावधानी र सुरक्षा सतर्कता अपनाउँदै विभिन्न कार्यक्रम र गतिविधि गर्न सबै जिल्ला, प्रदेश, क्याम्पस, क्षेत्र, विदेशस्थित मातहतका समिति र निकायहरुमा परिपत्र नै जारी गरेको छ ।
१, विभिन्न प्रबिधिका माध्यमबाट जननेता वीपी कोइरालाको योगदान तथा व्यक्तित्व सम्बन्धमा गोष्ठी, छलफल तथा वेबिनार गर्ने ।
२, रक्तदान, बृक्षारोपण, बृद्ध र बिरामीहरुलाई फलफूल बितरण जस्ता रचानात्मक कार्यक्रम गर्ने ।
३, बाढी पहिरोबाट बिस्थापित तथा कोभिड–१९ को महामारीका कारण दैनिक जीबनयापन कष्टकर भएकाहरुलाई राहत तथा बिभिन्न सहयोग पुर्याउने ।