arrow

जिल्ला प्रहरी कार्यालयका ४ प्रहरीसँगै ६ जनामा कोरोना संक्रमण 

logo
जितेन्द्र भण्डारी, 
प्रकाशित २०७७ भदौ २२ सोमबार
nepal-police.jpeg

पाँचथर । पाँचथर जिल्लामा थप ४ प्रहरी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठान धरानमा गरिएको स्वाब परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि भएकामा जिल्ला प्रहरी कार्यालय पाँचथरमा कार्यरत ३३ वर्षीय २ सहित २६ र ३८ वर्षीय थप गरी ४ जना रहेको स्वास्थ कार्यालय प्रमुख नारदमणी सुवेदीले जानकारी दिए । 

यस्तै पाँचथर अस्पताल फिदिमको भवन निर्माणमा खटेका ३८ वर्षीय एक मजदुर र राँके घर भएका एकजना नागरिक छन् ।

अवैध हात हतियार मुद्धामा कसुरदार ठहरिएका ती नागरिकलाई अदालतमा हाजिर गराउने क्रममा प्रहरीले स्वाब संकलन गराएको थियो ।

उनी थुना मुक्त भएर घर फर्किइसकेका छन् । संक्रमित सवैलाई जिल्ला स्थित शिक्षा स्रोत केन्द्र भवनमा राखेर उपचार शुरु गरिएको स्वास्थ कार्यालय पाँचथरले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ