काठमाडौं। भारतमा पब्जी सहित चिनियाँ एपमाथि प्रतिबन्ध लगाएसँगै बलिउड अभिनेता अक्षयकुमारले यस्तै नयाँ एप फौजी ल्याउने घोषणा गेका छन् ।
फियरलेस एण्ड युनाइटेड गार्डस (फौजी) चाँडै ल्याउने अक्षयकुमारले ट्वीटर मार्फत घोषणा गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आत्मनिर्भर अभियानलाई समर्थन गर्दै अक्षयकुमारले एक्सन प्रधान खेलको एप फौजी ल्याउने जानकारी दिएका हुन् ।
मनोरञ्जनको अतिरिक्त फौजी एप खेल्नेहरुले सुरक्षाकर्मीहरुको बलिदानको गाथा पनि जान्न पाउने उनले उल्लेख गरेका छन् ।
फौजी एपबाट हुने आयको २० प्रतिशत बीर ट्रष्टमा दिने समेत अक्षय कुमारले जनाएका छन् ।