arrow

केहि समय अघि कोरोनामुक्त भएका घिमिरेले उपचारका लागि प्लाज्मा दिने

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
plasma-therapy.jpg

बागलुङ । कोरोना संक्रमणबाट मुक्त भएका धवलागिरि अस्पतालका स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले कोरोना संक्रमितको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार रहेको बताएका छन्। 

धवलागिरि अस्पतालले प्लाज्मा थेरापी शुरु गरेमा आफूले रगतको प्लाज्मा दान गर्ने स्वास्थ्यकर्मी घिमिरेको भनाइ छ । अस्पतालले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का बिरामीको उपचार थाल्न तयारी अघि बढाएको छ । 

कोरोना संक्रमणले गम्भीर स्थितिमा पुगेका बिरामीलाई निको भइसकेका व्यक्तिको रगतको प्लाज्मा चढाएर उपचार गर्ने गरिन्छ । रगतमा रेड ब्लुड सेल (आरबिसी), प्लेटलेट्स र प्लाज्मा (लिक्विड) हुन्छ । दाताबाट रगत लिएर आरबिसी छुट्याइन्छ । त्यसपछि बाँकी रगतबाट प्लेटलेट्स पनि छुट्याइन्छ । बाँकी रहेको रगतको भागलाई प्लाज्मा भनिन्छ । त्यही प्लाज्मा संक्रमितको शरीरमा चढाइन्छ । यसले कोरोनासँग लड्ने क्षमता विकास गर्ने चिकित्सकहरू बताउँछन् । पछिल्लो समय देशका विभिन्न अस्पतालमा प्लाज्मा थेरापी विधिबाट उपचार गर्न शुरु गरिएको छ । 

स्वास्थ्यकर्मी घिमिरे २६ दिनमा कोरोनामुक्त भएपछि शनिबार आइसोलेसनबाट घर फर्किएका थिए ।

के हो कन्भालेसेन्ट प्लाज्मा थेरापी ?
कन्भालेसेन्ट प्लाज्मा थेरापी रगतको प्लाज्मामा पाइने ‘एन्टिबडी’का आधारमा शरीरमा कुनै भाइरसविरुद्ध प्रतिरोध क्षमतालाई विकसित गर्ने प्रक्रिया हो । कुनै पनि भाइरस प्रवेश गरेपछि शरीर आफै त्यससँग लड्न थाल्छ र त्यसलाई समाप्त पार्न ‘एन्टिबडी’ बनाउँछ । चिकित्सकहरुका अनुसार जब एन्टिबडीले भाइरसलाई समाप्त गर्न सफल हुन्छ, बिरामी पूर्ण रूपले निको हुन्छ । 



लोकप्रिय समाचार
नयाँ