arrow

माछा मार्न गएका सुवास खोलामा हराए

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
water-kill.jpg

किमाथाङ्का । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–२ मा माछा मार्न गएका युवा खोलाले बगाएर बेपत्ता भएका छन् । 

सङ्खुवा खोलाले बगाउँदा सिलिचोङ–२ दाङखिदाका ३० वर्षीय सुवास कुलुङ बेपत्ता भएको प्रहरीले जनाएको छ । 

घर नजिकै रहेको सङ्खुवा खोलामा माछा मार्न गएका ३० वर्षीय कुलुङलाई आइतबार बिहान ९:३० बजे खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष राईले जानकारी दिए । 

बेपत्ता भएका कुलुङको खोजी कार्य जारी रहेको सिलिचोङ गाउँपालिका–२ का वडाध्यक्ष मोहनशमशेर कुलुले बताए । खराब मौसमका कारण खोजी कार्यका समस्या भएको र सोमबार पनि खोजी कार्य जारी रहने बताइएको छ । 



लोकप्रिय समाचार
नयाँ