arrow

बिहानै ७६ जनामा संक्रमण

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
covid-test-corona.jpg

गण्डकी । गण्डकी प्रदेशमा सोमबार बिहानै ७६ जना कोरोना संक्रमित थपिएका छन् । 

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या दुई हजार ५९८  पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा विनोजविन्दु शर्माले जानकारी दिए ।
    
थपिएकामध्ये पोखरा महानगरपालिकाका ३१ , नवलपरासीपूर्वका १५ , गोरखाका १८ र   तनहुँका तीन जना रहेको निर्देशनालयले जनाएको छ । पोखरामा थपिएकामध्ये पोखरा फुड्स प्रालिमा कार्यरत १७ महिला र आठ  पुरुष छन् । 

त्यस्तै मेडिसिटी अस्पतालमा उपचाररत दुई , पश्चिमाञ्चल सामुदायिक अस्पतालमा कार्यरत  दुईदुई स्टाफ नर्स र   सहयोगी छन् । संक्रमित सबैलाई आइसोलेशन केन्द्रमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ । 



लोकप्रिय समाचार
नयाँ