arrow

३ सय पुग्यो मृतकको संख्या, देशभरमा थप ९७९ जनामा संक्रमण

logo
प्रकाशित २०७७ भदौ २२ सोमबार
corona-nepal-ministry.JPG

काठमाडौँ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । योसँगै देशभरमा संक्रमणका कारण मृत्यु हुनेको सङ्ख्या तीन सय पुगेको छ । पछिल्लो विवरणअनुसार, मृत्यु हुनेमा चार महिला र सात पुरुष छन् ।

सोमबार काठमाडौँ उपत्यकामा ३२६ सहित देशभरमा ९७९ नयाँ संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये ६४१ पुरुष र ३३८ महिला छन् । देशभरमा संक्रमितको सङ्ख्या ४७ हजार २३६ पुगेको छ । उपत्यकामा थपिएका संक्रमितमध्ये काठमाडौँमा २९३, ललितपुरमा २० र भक्तपुरका १३ छन् । 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरी नौ हजार २१८ नमूना परीक्षण भयो । हालसम्म सात लाख ७७ हजार ५६३ नमूना परीक्षण भइसकेको छ । देशभर क्वारेइन्टिनमा रहने चार हजार ७३९ छन् । देशभर १६ हजार २५९ सक्रिय संक्रमितमध्ये नौ हजार ६६ संस्थागत र सात हजार १९० होम आइसोलेसनमा छन् । 

प्रदेशअनुसार, संस्थागत आइसोलेसनमा सक्रिय संक्रमित प्रदेश १ मा एक हजार ७३१, प्रदेश २ मा ४८२, बाग्मतीमा चार हजार ८४०, गण्डकीमा ८३६, प्रदेश ५ मा एक हजार ९७, कर्णालीमा ३३६ र सुदूरपश्चिममा ७४७ छन् । होम आइसोलेनमा प्रदेश १ मा ७९०, प्रदेश २ मा तीन हजार,  बाग्मतीमा दुई हजार ३३४, गण्डकीमा  एक सय, प्रदेश ५ मा ८०७, कणार्लीमा ४० र सुदूरपश्चिममा ११९ छन् । 

देशभर १७१ संक्रमित आइसियुमा छन् । प्रदेश १ मा छ, प्रदेश २ मा २४, बाग्मतीमा १११, गण्डकीमा पाँच र प्रदेश ५ मा २१, कणार्लीमा तीन र सुदूरपश्चिममा एक जना आइसियूमा छन् । बाग्मतीमा १८ र प्रदेश ५ मा दुई संक्रमित भेण्टिलेटरमा छन् । पछिल्लो २४ घण्टामा देशरभका ४५ जिल्लामा नयाँ संक्रमित भेटिएका छन् जसमा उदयपुर एक, झापा १६, पाँचथर छ, भोजपुर एक, मोरङ ३९, सुनसरी ६५ र सोलुखुम्बु एक रहेका छन् । धनुषा ४४, महोत्तरी तीन, सप्तरी १९, सर्लाही २० र सिराहा ४१, काठमाडौँमा २९३, ललितपुर २०, भक्तपुर १३, काभ्रेपलाञ्चोक २८, चितवन १९, दोलखा तीन, धादिङ चार, मकवानपुर ७३, सिन्धुपाल्चोक तीन र सिन्धुली एक संक्रमित पुष्टि भएको छ । 

त्यस्तै कास्की ३०, गोरखा १८, नवलपरासी पूर्व १६, लमजुङ १५, तनहुँ छ, पर्वत एक, कपिलबस्तु दुई, गुल्मी आठ, प्युठान एक नवलपरासी दुई, पाल्पा पाँच, बर्दिया ४१, बाँके ४२ र रुपन्देहीमा ४१ सङक्रमित फेला परेका छन् । कालिकोट दुई, जाजरकोट एक, जुम्ला एक, दैलेख तीन, सुर्खेत १९, कञ्चनपुर सात, कैलाली तीन, बझाङ तीन र बाजुरामा एक  संक्रमित फेला परेका छन् ।  देशका ११ जिल्लामा संक्रमित पाँच सय बढी छन् भने पाँच जिल्लामा शून्य रहेको छ ।

 पाँच सय बढी रहेका जिल्लामा मोरङ, सुनसरी, पर्सा, बारा,  रौतहट, सर्लाही,  धनुषा, चितवन, ललितपुर, काठमाडौँ र रुपन्देही छन् । सङक्रमित शून्य जिल्लामा मुस्ताङ, ताप्लेजुङ, डोल्पा, मुगु र हुम्ला छन् ।  काठमाडौँ, वीरगञ्ज, धनगढी, बुटवललगायतका शहरमा संक्रमण बढीरहेको प्रवक्ता डा. गौतमले बताउनुभयो । दोस्रो चरणमा गरेको बन्दाबन्दी सकिनै लागेपनि संक्रमण बढीरहेको उनको भनाइ छ । उनले भने, “प्रकोपको अवस्था र स्थानको आँकलन गरेर थप प्रभावकारी काम गर्नै विषयमा सम्बन्धित निकायबाट समन्वय र सहजीकरण हुँदै जानेछ ।”

देशभरमा एक हजार ७३६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हालसम्म संक्रमण मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको जानकारी दिए । नेपालमा जम्मा संक्रमितमध्ये निको हुने ६५ प्रतिशत पुगेका छन् ।

 विश्वभरमा हालसम्म दुई करोड ७३ लाख छ हजार ४३८ जना संक्रमित भएका छन् । 



लोकप्रिय समाचार
नयाँ