arrow

कोरोनाको संकटमा नेपाललाई भारतको स्वास्थ्य सहयोग जारी

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
qatra.jpg

काठमाडौं । कोरोना भाइरसको महामारीको नियन्त्रणका लागि भारतले आफ्ना छिमेकी देशसहित विश्वका १ सय २३ देशलाई स्वास्थ्य सामग्री एवं औषधीहरु दिएर सहयोग गरेको छ ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले कार्यालय सम्हालेको छोटो समयमै भारतले नेपाललाई समेत २३ टन अत्यावश्यक औषधी सहयोग गरेको दूतावासले जनाएको छ ।

यी औषधीमा हाइड्रोक्सोक्लोरोक्वाइन, पारासिटामोल लगायत रहेका छन् । 

त्यस्तै गत मे १७ तारिखमा क्वात्राले स्वास्थ्य मन्त्रालयलाई कोरोना भाइरसको परीक्षण कीट हस्तान्तरण गरेका थिए । 
भारतको मोलिकुलर डाइग्नोस्टिक कम्पनीले बनाएका ३० हजार पीसीआर किट उनले नेपाललाई हस्तान्तरण गरेका थिए ।

यसबाहेक भारतले कोरोनाको गम्भीर प्रकृतिका बिरामीका लागि प्रयोग हुने भेन्टिलेटर समेत नेपाललाई सहयोग गरेको छ । 

गत अगष्ट ९ तारिखमा क्वात्राले २ करोड ८० लाख रुपैयाँ बराबरका १० भेन्टिलेटरसमेत नेपाली सेनामार्फत नेपाललाई हस्तान्तरण गरेका थिए ।

यो वर्ष कोरोना भाइरसको माहामारी मानव जातिका लागि ठूलो अभिशापका रुपमा देखिएको छ । विश्वभरका स्वास्थ्यकर्मी, अनुसन्धानकर्ता एवं वैज्ञानिकहरु कोरोना भाइरस विरुद्धको खोप बनाउन लागिपरेका छन् । 

कोरोना खोपको बारेमा भइरहेका अनुसन्धानको नतिजास्वरुप छिट्टै नै बजारमा खोप आउने आशा राख्दै भारतीय राजदूत क्वात्राले सबैलाई सचेत हुन आग्रह समेत गरका छन् ।

आफ्नो देशमा पनि स्वास्थ्य चुनौतीको सामना गर्दै आएको भारतले नेपालगायत १ सय २३ देशहरुलाई ती देशहरुले समेत व्यहोरिरहेको स्वास्थ्य संकटमा सहयोगको हात बढाउँदै आएको जनाएको छ । 

यस्तो सहयोग भविष्यमा पनि गर्ने प्रतिवद्धता राजदूत क्वात्राले व्यक्त गरेका छन् ।



लोकप्रिय समाचार
नयाँ