arrow

जापानको अर्थतन्त्र अनुमानभन्दा बढी खस्कियो

logo
एजेन्सी,
प्रकाशित २०७७ भदौ २३ मंगलबार
japan-economy.jpg

काठमाडौं। कोरोना भाइरसको महामारीका कारण विश्को तेस्रो ठूलो अर्थतन्त्र भएको मुलुक जापानको ७.९ प्रतिशतले खस्किएको छ। आर्थिक वर्षको दोस्रो क्वाटर जुनदेखि अप्रिलको मंगलबार सार्वजनिक भएको तथ्यांकले जापानको आधुनिक इतिहासकै ठूलो गिरावट आएको देखाएको छ।

कर्पाोरेट क्षेत्रमा लगानी कमजोर भएसँगै जापानको अर्थतन्त्रमा गिरावट आएको उल्लेख गरिएको छ। सन् १९८० देखिको तथ्यांकका आधारमा सन् २००८ को फाइनान्सियल क्राइसिभन्दा जापानको अर्थतन्त्रमा ठूलो संकुचन देखिएको हो।

घरेलु खर्चमा ७.६ प्रतिशतले गिरावट आएको छ। ब्लुमबर्गका अनुसार अर्थविद्हरुले दोस्रो क्वाटरको घाटा अनुमान ३.७ प्रतिशत गरेका थिए। तर, अनुमानभन्दा झण्डै दोब्बर घाटा देखिएको छ।

जापानको अर्थतन्त्रमा गत वर्षको तुफानका कारण समेत गिरावट आएको थियो। सोही क्रममा कोरोना भाइरसको महामारीले त्यहाँ झनै संकट उत्पन्न गरिदिएको छ।

जापानमा ७८ हजारभन्दा बढी कोरोना भाइरसकाका केसहरु रहेका छन्। मृत्यु हुनेको संख्या १४ सयभन्दा कम छ। गत अप्रिलमा देशव्यापी लकडाउनको घोषणा गरिएको थियो र जुनमा आपतकालिन घोषणा हटाइएको थियो। त्यससँगै विस्तारै व्यापार एवं उद्योग क्षेत्रहरु खुला गरिएका छन्।



लोकप्रिय समाचार
नयाँ