काठमाडौं । सरकारले रेलमार्ग निर्माणको ठेक्का रद्द गरेको छ ।
रेल विभागले पूर्व-पश्चिम रेलमार्गको काँकडभिट्टा-इनरुवा खण्ड निर्माणको ठेक्का रद्द गरेको हो ।
मंगलबार सार्वजिनक सूचना निकाल्दै उक्त खण्डको ठेक्का रद्द गरिएको जानकारी गराएको हो ।
यअसघि उक्त खण्डको १ सय६ किलोमिटर लामो रेलमार्ग निर्माणका लागि विभिन्न खण्डमा ठेक्का दिने तयारी गरेको थियो ।
मंगलबार विभागले सूचना जारी गर्दै गत असार १४ र १७ मा प्रकाशित सूचना अनुसारका ठेक्का रद्द गरिएको जानकारी गराएको छ ।