arrow

घर माथिबाट खसेको पहिरोले काजीको घर पुरियो, छोरी सृजनाको मृत्यु

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
dead2.jpg

पोखरा । कास्कीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको छ । रुपा गाउँपालिका वडा नं. ६ रुपाकोटमा पहिरोले पुरिएर एक युवतीको ज्यान गएको हो । मंगलबार बिहान ४:३० बजे खसेको पहिरोमा पुरिएर २० बर्षीया सृजना विकको ज्यान गएको बताइएको छ ।

रुपा गाउँपालिका वडा नं. ६ का वडाअध्यक्ष नारायण गुरुङका अनुसार अविरल बर्षाका कारण घर माथिबाट खसेको पहिरोले काजी विकको घर पुरिएको हो । सोही पहिरोमा पुरिएर उनकी छोरी सृजना बिकको ज्यान गएको हो । घरमा काजी विक, उनका भाइ सन्दिप बिक र छोरी सृजना बिक थिए ।

काजी बिक र उनका भाइ सन्दिप भने सकुशल छन् । पहिरोले पुरिएर गम्भीर घाइते बनेकी सृजनालाई अस्पताल पुर्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ ।



लोकप्रिय समाचार
नयाँ