arrow

बाँकेमा ८० वर्षीया महिलाको कोरोनाबाट मृत्यु, मृतकको संख्या ८ पुग्यो

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
Banke-hamrakura.jpg.jpeg

नेपालगन्ज । बाँकेमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ की ८० वर्षीया महिलाको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

 नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा उपचार गराइरहेकी ती महिलाको दुबै फोक्सोमा निमोनिया भएको थियो । 

यो संगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ । नेपालगन्जका मात्रै ५ जनाको मृत्यु भएको छ । 

नरैनापुर, कोहलपुर र बैजनाथका १/१ जनाको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
नयाँ