arrow

कांग्रेस महामन्त्री शशांक कोइरालालाई कोरोना पोजेटिभ

कोइराला होम आइसोलेसनमै

logo
प्रकाशित २०७७ भदौ २३ मंगलबार
sasank-new-pc.jpg.jpeg

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालालाई कोभिड १९ संक्रमण भएको छ । संक्रमण पुष्टि भएसँगै घरमै बसेर स्वास्थ्यलाभ गर्नेकी अस्पतालमा बसेर स्वास्थ्यलाभ गर्ने भन्ने परामर्शपछि घरमै बसेर स्वास्थ्यलाभ गर्ने निर्णय भएको उनका सचिवालय सदस्य तथा नीजि सचिव भरत तिवारीले हाम्राकुरालाई जानकारी दिए। 

महामन्त्री कोइराला उनकै श्रीमती डा सुपात्राको निगरानीमा स्वास्थ्यलाभ गरिरहेका थिए। कोइरालाको कोरोना पोजेटीभ देखिएसँगै उनको कन्ट्याक्ट ट्रेसिङमा रहेका सबैको स्वाब परिक्षण गरिएको पनि तिवारीले जानकारी दिए।  

केहि दिनअघी सामान्य ज्वरो आएपछि कोइरालाको स्वाब परिक्षण गरिएको थियो। रिपोर्ट पोजेटीभ आएपनि कोइरालालाई कोरोनाको लक्षणहरु भने नदेखिएको तिवारीले बताए । कोइरालाले पनि मंगलवार साँझ ६ वजेतिर आफूलाई कोरोना पोजेटीभ भएको जानकारी ट्वीट गरेर जानकारी दिएका छन् । उनले लेखेका छन्ः 

आज गरिएकाे परीक्षणका क्रममा म मा काेराेना संक्रमण पुष्टि भएकाे छ । हाल मलाई स्वास्थ्य सम्बन्धी कुनै समस्या देखिएको छैन। चिकित्सकहरुकाे सल्लाह अनुसार हाल म हाेम आइसाेलेसनमा बसेकाे छु। मसंग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुराेध गर्दछु। जय नेपाल

नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले उनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। कांग्रेस सांसद तथा केन्द्रीय सदस्य अभिषेकप्रताप साहले सामाजिक संजालमा उनको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।



लोकप्रिय समाचार
नयाँ