पोखरा। पोखरामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक मुहलाको ज्यान भएको हो । ७३ वर्षकी उनी पोखरा १० निवासी हुन् ।
उनको आज दिउसो ३ः५० बजे मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनी सिओपिडी भइ सोमबार पक्षे अस्पतालको आइसियूमा भर्ना भएकी थिइन् ।
योसंगै पोखरामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या नौ जना पुगेको छ भने गण्डकी प्रदेशका २१ जना पुगेको छ ।